Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

संसारकै धेरै वायु प्रदूषण भएको देशमध्ये नेपाल आठौँ स्थानमा


७, चैत २०८०
  • 123
    SHARES
  • संसारकै धेरै वायु प्रदूषण भएको देशमध्ये नेपाल आठौँ स्थानमा

    काठमाण्डाै – विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ ।

    स्विट्जरल्यान्डमा रहेको 'आईक्यू एअर' नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो ।

    'आईक्यू एअर' ले विश्वका एक सय ३४ वटा देशको हावाको गुणस्तर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । गएको वर्ष सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १६ औँ नम्बरमा थियो । सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धुलोको कण औसतमा ४२ दशमलव ४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।

    यस्तो मात्रा सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । प्रतिवेदनअनुसार एक वर्षमा नेपालको वायु प्रदूषण अझै खराब भएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनले हावामा आँखाले नदेखिने धुल कणको मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । जसअनुसार नेपालको हावा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ ।

    संसारकै सबैभन्दा प्रदूषित देशको पहिलो सूचीमा बङ्गलादेश परेको छ । धेरै वायु प्रदूषण हुने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा ताजकिस्तान र पाँचौँमा बुर्किना फासो रहेका छन् ।

    यस्तै सन् २०२३ मा फ्रेन्च पोलिनेसिया सबैभन्दा स्वच्छ भएको देश बनेको छ । मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्युजिल्यान्ड सबैभन्दा स्वच्छ हावा भएको देश बनेका छन् ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend