Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आन्तरिक राजश्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला


१४, चैत २०८०
  • 135
    SHARES
  • आन्तरिक राजश्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला

    काठमाडौँ । आन्तरिक राजश्व अनुसन्धान विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाइएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधवार केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका तिवारीलाई विभागको महानिर्देशक बनाई पठाउनुभएको हो ।

    त्यसैगरी भन्सार विभागको महानिर्देशकमा ढुण्डी प्रसाद निरौलालाई नियुक्त गरिएको छ । उनी पनि केही दिनअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका थिए । 

    निरौलालाई भन्सार पठाएसँगै त्यहाँका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पुर्‍याइएको छ । त्यहाँका तालिम प्रमुख राम प्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ ।

    यसैगरी राजश्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको छ । दुई वटा विभागसँगै बजेट महाशाखा आकर्षक मानिन्छ । बजेटका उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कनमा सारेर त्यहाँका धनिराम शर्मालाई शाक्यको महाशाखा राजश्व व्यवस्थापन महाशाखा प्रमुखमा राखिएको छ ।

    नयाँ सत्ता समीकरणसँगै कर्मचारीहरूको सरुवाबारे पनि चर्चा शुरु भएको थियो । निकटस्थहरूलाई ल्याउने र त्यसअघि पनि त्यसैगरी निकटस्थ भएर गएकाहरूलाई पन्छाउने प्रक्रियाले केही समय कर्मचारी वृत्तमा चर्को दौडधुपसमेत बढाएको थियो । पछिल्लो समय राजनीतिक आस्था र सम्बन्ध तथा खुस बनाउन सक्ने खुबीका कारण कर्मचारीलाई जिम्मेवारी दिइँदै आइएको छ ।

    नागरिकलाई सेवा र मुलुकको हित भन्दा पनि आफू, आफन्त, ‘सेटिङ’ र ‘मालिक’हरूलाई रिझाउन सक्नुलाई नै क्याडर मानिन थालिएसँगै यसैगरी चलिरहेको छ निजामती प्रशासन । र, सिङ्गो निजामतीका अभिभावकसमेत रहेका पछिल्ला केही मुख्यसचिवहरु त्यसैमा सहजीकरण गर्दै ‘जस्तो जस्तो बाहुन उस्तै उस्तै स्वाहा’मा स्वाद लिई रहेका छन् । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend