Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

श्रम काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन खुला


३०, जेठ २०८१
  • 167
    SHARES
  • श्रम काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन खुला

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले चार देशका लागि काउन्सेलर (श्रम) तथा श्रम सहचारीका लागि आवेदन खुला गरेको छ ।

    जेठ १९ मा सूचना निकाल्दै नेपाली राजदूतावास रियाद, साउदी अरेयिबा र नेपाली राजदूतावास अबुधावी संयुक्त अरब इमिरेट (यूएई) का लागि १/१ जना उपसचिव सरहको काउन्सेलर (श्रम) का लागि आवेदन खुला गरेको छ ।

    यस्तै नेपाली राजदूतावास मनामा, बहराइन र नेपाली राजदूतावास दोहा, कतारका लागि शाखा अधिकृत सरहको श्रम सहचारी एक(एक जना मागिएको छ ।

    एक पटक काउन्सेलर (श्रम) तथा श्रम सहचारीमा रहेर काम गरिसकेको कर्मचारीले पुनः दोहोर्‍याउन नपाउने भएका छन् । मन्त्रालयले भर्खरै सार्वजनिक गरेको ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी मापदण्ड, २०८१’ मा यस्तो व्यवस्था गरिएको हो ।

    मापदण्डअनुसार छनौटको सूचना प्रकाशन भएको मितिदेखि अनिवार्य अवकाशको अवधि दुई वर्षभन्दा कम भएको कर्मचारी बन्न नपाउने भएका छन् ।

    निजामती सेवाको उपसचिव सरहको अधिकृत स्तरको पदमा कम्तीमा तीन वर्ष सेवा पूरा गरेकोले मात्रै काउन्सेलर बन्न पाउने छन् । श्रम सहचारीमा अधिकृत स्तरको पदमा कम्तीमा ३ वर्ष काम गरेका योग्य हुन्छन् ।

    सूचना प्रकाशन हुँदा पछिल्लो एक वर्षमा विभागीय सजाय पाएको, कुनै कसुरको अभियोगमा अनुसन्धानका लागि थुनामा वा निलम्बनमा रहेको अवधिभर पनि काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्तिका लागि योग्य मानिने छैन ।

    यस्तै छनौटको सूचना प्रकाशन भएको मितिदेखि लगत्तै अघिको दुई वर्षको अवधिमा पटक(पटक वा एकमुष्ट रूपमा ६ महिनाभन्दा बढी बेतलबी वा असाधारण बिदा बसेकोलाई पनि अयोग्य ठहराइएको छ ।

    काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्ति सिफारिस गर्न सहसचिव एवं प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा छनौट तथा नियुक्ति सिफारिस समिति रहने व्यवस्था छ ।

    सदस्यमा सहसचिव एवं रोजगार व्यवस्थापन महाशाखा प्रमुख, मन्त्रालयका सचिवले तोकेको एक जना महाशाखा प्रमुख वा सहसचिव सदस्य रहनेछन् भने मन्त्रालयको प्रशासन शाखाको उपसचिव सदस्य सचिव रहनेछन् ।

    प्रशासन शाखाको उपसचिव उम्मेदवार हुने भएमा सचिवले तोकेको अन्य शाखाको उपसचिव स्तरको कर्मचारी सदस्य सचिव रहनेछ । सदस्य सचिव समान पदको मूल्याङ्कनमा सहभागी हुने छैन ।

    मापदण्ड अनुसार ज्येष्ठता र अनुभवबाट १५ अंक, अग्रेजी भाषा ज्ञानबाट १० अंक, व्यावसायिक कार्ययोजना र प्रस्तुतीकरणमा १० अंक दिइनेछ ।

    व्यावसायिक कार्ययोजना र प्रस्तुतीकरण अन्तरगत व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको पाँच अंक र प्रस्तुतीकरणको मूल्याङ्कनको पाँच अंक रहेको छ । यस्तै सचिवको मूल्याङ्कन पाँच अंक गरेर जम्मा ४० अंक रहनेछ ।

    ज्येष्ठता र अनुभवको अंक गणना गर्दा अहिलेको पदमा काम गरेको प्रत्येक वर्षको तीन अंकका दरले तीन वर्षको ज्येष्ठता बापत बढीमा नौ अंक, अहिलेको पदमा मन्त्रालय र अन्तरगत निकायमा काम गरेको प्रत्येक वर्षको तीन अंकका दरले दुई वर्षको अनुभव बापत बढीमा ६ अंक दिइनेछ भने ज्येष्ठता र अनुभवबापत अंक गणना गर्दा एक वर्षभन्दा बढी महिना वा दिनका लागि दामासाहीको हिसाबले अंक दिइने कार्यविधिमा व्यवस्था छ ।

    वैदेशिक रोजगार ऐन तथा नियमावली र अन्य प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा नगर्नेलाई मन्त्रालयले जुनसुकै बेला पनि फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend