बुटवल । हिजोआज बजारमा धेरै क्लवहरु खुलेका छन् । कुनै मनोरञ्जन गर्ने थलोका नाम क्लब छन् भने कुनै समाजको सूचक । फरक यति नै हो । तर बुटवलमा रहेको लायन्स क्लब अफ मणिमुकुन्द युथ यस्तो क्लब हो, जसले आफ्नै खर्चमा सामाजिक एवं मानविय सेवालाई अगाडि बढाउँदै आएको छ । प्रत्यक्ष देखिनेगरी दृष्टिविहिनको संरक्षण सँगै पालनपोषणले क्लवलाई माथिल्लो तहसम्म उचाईमा पु¥याएको छ । सो कार्य पूर्वअध्यक्ष भुपेन्द्रवहादुर थापा क्षत्री (हरीले) गर्दै आएका छन् ।
क्लवको स्थापनाकालदेखि हालसम्म ६ जनाले नेतृत्व गरिसके भने, अहिले सातौं बर्षमा नयाँ नेतृत्व आएको छ । सामाजिक रुपान्तरण, मानवीय सेवा र बेथिती विरुद्ध आवाज उठाउने लायन्स क्वलहरुमध्ये एकभित्र पर्ने गर्दछ मणिमुकुन्द युथ क्वल । जसले विभिन्न अध्यक्षहरुको कार्यकालमा धेरै काम गरेर नागरिकको हितमा रहन पुगेका वेला बर्ष २०२२/०२३ का अध्यक्ष लायन दिपक गौतमको नेतृत्वमा गुल्मीको सुर्योदय माध्यामिक विद्यालयमा अध्ययनरत २ सय ८० जनालाई खेलकुद पोशाक तथा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेर सामाजिक उत्तरदायित्वको भावनालाई देखाउन सफल भयो । ठूलो लागतमा यसरी गरिएको कार्य कम मानिदैन् ।
सातौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न
बर्ष २०२२/०२३ का अध्यक्ष लायन दिपक गौतमको एकबर्षे कार्यकाल शुक्रवार पूरा भएको छ । क्लवको माध्यमबाट समाजभावलाई सहयोग गर्न गतबर्षको नेतृत्व सम्हालेका गौतमले आफुले क्वान्टिडी भन्दापनि क्वालिटीको रुपमा काम गरेको दावी गरे । उनले भने, संख्यात्मक रुपमा विगत भन्दा कम कार्यक्रम भए होलान, तर थोरै भएपनि क्लवका लागि महत्वपूर्ण कार्यक्रम गर्न सफल भएको शुक्रवार बुटवलमा सम्पन्न ७ औं पदहस्तान्तरण तथा अवार्ड सेरोमणी कार्यक्रममा बताए । पारीवारिक सहितको सभ्य, भव्य रुपमा गरिएको कार्यक्रममा अन्तर क्लवका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन बर्ष २०२३/०२४ का डिष्ट्रिक गर्भनर पिएम जेफ लायन अर्जुनमान सैंजुले क्लवको खुलेरै प्रशंसा गर्दै, लायन्स क्लवहरुले जहिले पनि सामाजिक उत्तरदायित्वको भावना भन्दा माथि उठेर जान नहुने सुझाव दिदै नमुना र उदाहरणिय कामको थालनी गरेर आफ्नो कार्यकाल पूरा गर्नुपर्ने जनाए । लायन सैंजुले आफ्नो उदाहरण दिदै भने–म बुटवल उद्योग वाणिज्य संघको अध्यक्षदेखि कालिका क्याम्पससम्म आउँदा कुनै एउटा छाप छोडेर मात्रै निस्किने गरेको उल्लेख गर्दै आगामी दिन थप राम्रा काम गर्न क्वललाई शुभकामना दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष कमल थापा क्षत्रीले आफु रोटट्रयाकबाट आएर लायन्स क्लव निर्माण गरी चलाएको स्मरण गर्दै क्लव समाजको ऐना बन्न सफल बनोस् भन्ने शुभकामना दिए । साथै उनले लायन्सका सबै सदस्यहरुको साथ, सहयोगले मात्रै संस्था अगाडि बढ्ने बताए । क्लबका पूर्वअध्यक्ष भुपेन्द्रवहादुर थापा क्षत्री (हरिले) आफ्नो कार्यकालमा नयाँ भिजन र सोचका साथ अगाडि बढ्न र इन्टरनेशनल सम्म पुर्याउन के गर्नुपर्छ त्यो योजना बनाएर अगाढि बढ्न बर्ष २०२३/०२४ का अध्यक्ष थानेश्वर अर्याललाई आग्रह गरे । उनले विगतका अध्यक्षहरुले धेरै संर्घष गरेर यहाँसम्म ल्याएको बताउँदै आगामी दिन फरक र नयाँ योजनाले क्लवको गरिमा बढाउनुपर्ने बिषयमा ध्यान दिन सुझाए ।
कार्यक्रममा पूर्वअध्यक्षहरु यदुमणि पोख्रेल, लक्ष्मण कुँवर र सन्तोषमान सिमाङ्गगैंडा लगायतको उपस्तिथी रहेको थियो । क्लबका पूर्वअध्यक्ष भुपेन्द्रवहादुर थापा क्षत्री (हरी) को संरक्षणमा रहेका दृष्टिविहीन अर्पना थापा र साजन थापालाई सम्मान गरिएको थियो ।
यस्तो छ बर्ष २०२३/०२४ को कार्यसमितिहरुः
अध्यक्ष लायन थानेश्वर अर्याल, प्रथम उपाध्यक्ष लायन विमल न्यौपाने, द्धितीय उपाध्यक्ष लायन टीकाराम पन्थी, तृतिय उपाध्यक्ष लायन कृष्ण प्रसाद प्रसाईं, सचिव लायन प्रभात जिसी, कोषाध्यक्ष लायन जीतवहादुर रायमाझी, सह–सचिव लायन अनिल शाह, क्लव मेम्बरसीप चियरपर्सन लायन चिरञ्जिवी खनाल, क्लव एलसीआइएफ को–अर्डिनेटर लायन खिलाराज अधिकारी, सर्भिस चियरपर्सन लायन अशोक लुइँटेल, क्लब मार्केटिङ्ग कम्युनिकेशन चियरपर्सन लायन प्रताप परियार, पब्लिक रिलेसन अफिसर लायन वसन्त प्रसाद पराजुली, क्लब डाइरेक्टर लायन माधव ढकाल, टेल ट्वीस्टर लायन लक्ष्मण कुँवर, टेमर लायन ज्वाला श्रेष्ठ, प्रेस संयोजक लायन नारायण वली, सदस्यहरु लायन राकेश गुरुङ्ग, लायन विश्वास भण्डारी र लायन प्रतीक पाण्डे रहेका छन् ।
कस्ता छन् लायन अध्यक्ष अर्यालका आगामी कार्ययोजना ?
१. डिष्ट्रिकका कार्यक्रमलाई निरन्तरता सँगै सर्वप्रथम त पूराना अधुरा कामलाई दिने ।
२. बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सचेतना कार्यक्रमको आयोजना ।
३. डाइबेटिकको लागि हिलपार्कमा ल्याव स्थापना गरी बर्षभरी नै सेवा विस्तारलाई जारी राखिने ।
४. गुम्मीमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने ।
५. कुनै एउटा सरकारी विद्यालयमा पुस्तकालय सञ्चालन गरिने ।
६. लायन्स सदस्यहरुमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने ।
७. आगामी बर्ष क्लवलाई पूर्ण एन एल एफ क्लव बनाउने ।