Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको अनुगमन


१७, असार २०८०
  • 307
    SHARES
  • जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको अनुगमन

    रोल्पा । स्वास्थ्य कार्यालय रोल्पाद्वारा थबाङ गाउँपालिकास्थित जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको अनुगमन गरेकाे छ ।

    एक महिना अगाडि मात्र रोल्पा आएका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले थबाङ गाउँपालिकाको झकेबाङ्मा रहेको जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको अनुगमन गरेका छन् । 

    शनिबारका दिन प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव सार्की,जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेल र स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क फोकल पर्शन अरुण भिटु लगायतले अनुगमन गरेका हुन् । जलजला अस्पताल तथा अनुसन्धान केन्द्रका सिनियर अहेव तथा निमित्त अस्पतालका प्रमुख राज कुमार बुढा मगरले त्यहाँबाट दिदै आएको सेवाका बारेमा र कर्मचारीको बारेमा जानकारी गराउनुका साथै अस्पतालका विभिन्न शाखाबाट दिइने सेवा र त्यहाँको व्यवस्थापनका बारेमा जानकारी गराउदै सेवा दिदै आएका शाखाहरुको प्रत्यक्ष अवलोकन समेत गराएका थिए । 

    वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले यसरी दुर्गम बस्तीमा पनि राम्रो सेवा प्रदान गर्न सफल भएकोमा अस्पताल परिवारलाई धन्यवाद दिएका थिए । “मैले हेर्दै गर्दा मेरो मनमा लाग्यो यो साना कोठाहरुबाट पनि यति राम्रो व्यवस्था गरेर सेवा प्रदान गरेको देख्दा म आफैं छक्क परे” उनले भने । थबाङ गाउँपालिका रोल्पाको दुर्गम ठाउँ मानिन्छ । अन्य क्षेत्रमा जति बिकास भएको छ स्वास्थ्य क्षेत्रमा त्यति धेरै फड्को मार्न नसकेको आफूले महशुस गरेको सुवेदीले बताए । 

    अहिले पालिकामा १५ शैया अस्पताल निर्माण भइरहेको रहेछ । “यो पालिका र जिल्लाको लागि राम्रो पक्ष हो ।” सुवेदीले भने “अहिले मैले हेर्दा यो सानो ठाउँ र साना कोठाबाट सेवा प्रदान गरेको देखे अब अस्पताल निर्माणको काम सम्पन्न भए पश्चात् राम्रो आधुनिक भवनबाट सेवा प्रदान हुने छ।” 

    अहिले जलजला अस्पताल तथा अनुसन्धान केन्द्र सामान्य जस्ता पातको छानो भएको भवनबाट सेवा दिदै आएको छ । 

    No description available.

    No description available.

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend