Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भैरहवाका ३० प्रतिशत करोडौंका होटल धरासायी धारमा


१७, असार २०८०
  • 223
    SHARES
  • भैरहवाका ३० प्रतिशत करोडौंका होटल धरासायी धारमा

    बुटवल। जब रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको आन्तरिक विमानस्थलसँगे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अघि बढ्यो तब भैरहवामा लुम्विनीमा आउने विदेशी पर्यटकलाई मध्यनजर गर्दै करोडौंका तीन-चारतारे होटलहरु खुल्ने क्रमले व्यापकता पायो । एकबेला भैरहवामा कसले कस्तो खालको होटल खेल्ने भन्ने होडबाजी नै चल्यो । करोडौं लगानी लगाईयो । कति लगानीकर्ताहरु उपयुक्त जग्गा नपाएकाले खोलेनन् । कति नै फिर्ता भए । त्यो सब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको उच्चतम अपेक्षामा निजि क्षेत्रले करोडौं रुपैयाँ लगानी लगाएपनि पछिल्लो समय लगानीकर्ताहरु निराश हुन थालेका छन् । 

    विमानस्थललाई केन्द्रविन्दु बनाएर होटल, रेस्टुरेन्ट व्यवसायमा लगानी गर्न हौसिएका लगानी कर्ताहरु निराश मात्रै होईन, बैंकबाट ऋण लिएर लगानी गरेकाहरु ब्याज र किस्ता बुझाउन समेत ठूलो चुनौती सामना गर्नु परेको लगानीकर्ताहरुको भनाई छ । विमानस्थल सञ्चालनमा आएको वर्ष दिन बित्दा पनि अपेक्षिकृत बिजनेस नपाएका कारण होटल व्यवसायीहरु टाट पल्टिन थालेका छन् । विमानस्थल बनेपनि तर अन्तर्राष्ट्रिय उडानले गति नलिदा करिव ३० प्रतिशतभन्दा बढी होटल धरासायीको संघारमा पुगेका छन् । भैरहवामा चार वर्षअघि सञ्चालनमा आएको होटल पवन प्यालेस बैंकको लिलामीमा परेपछि यतिखेर बिक्रीमा रहेको छ। वित्तिय अवस्था नै कमजोर भएपछि होटल बिक्रीमा राखिएको सञ्चालक पवनकुमार हलवाइले बताए।         

    ‘उनले भने, बैंकले आफुलाई तीव्र ताकेता गरेको वताए । हामी होटल बिक्री गरेर बैंकको ऋण सकार्ने योजनामा छौं। एक अर्बभन्दा बढी ऋण छ, होटल चलाउन गाह्रो भयो। यो विक्रि गरेर बैंकको ऋण तिर्न पाए एकछिन तनाब मुक्त हुने थिए। सवा दुई अर्ब भन्दाबढी लागतमा निर्माण गरिएको होटल पवन हुने नहुने निश्चितमा छैन्। होटल पवन मात्रै हाईन, साना तथा ठूला सञ्चालनमा आएका र निर्माणधीन अवस्थामा होटलहरु बिक्री गर्ने भित्रि तयारीमा                   रहेको एक व्यवसायीले बताए ।

    भैरहवाकै ग्राण्ड कस्मो होटल पनि लिलामीको धारमा रहेको बुझिएको छ। नेपाल भ्रमण वर्ष २०२० सँगै अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गर्दै चार वर्षअघि १७ करोडको लागतमा होटल निर्माण गरिएको थियो। ३४ कोठा क्षमताको होटलमा कारोबार नभएपछि लिलामीको डिलमा पुगेको सञ्चालक एकरामउद्दीन खानले दुखेसो सुनाए।

    ‘उनले जुन योजना र आशाले व्यवसाय होटल बनायौं र सञ्चालन ग¥यौं, त्यो अनुसार भएन। एक्कासी आर्थिक क्षेत्रमा देखिएको तरलताले अवस्थामा कमजोर बनाएको र सरकारको नीतिविपरीत बैंकले पनि कारवाही गरिरहेको छ, अदालतको स्टे अर्डरमा चल्दाचल्दै लिलामी सूचना जारी गरिएको छ। यस्तो आर्थिक मन्दीका बेला होटल कसरी बिक्री होला र समस्या समाधान होला, त्यस्तो अपेक्षा जागेको छैन् ।
        
    यसैगरी निर्माणाधीन पाँचतारे होटल एसिया पनि आर्थिक संकटमा परेको छ। त्यसैले निर्माणकार्य ढिला भइरहेको सञ्चालक शंकर घिमिरेले बताए। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो होटलका लागि वित्तीय व्यवस्थापन गाह्रो परेको बताईएको छ। उनका अनुसार होटलका लागि साझेदार र व्यवस्थापन सम्हाल्ने समूह निश्चित भइसकेपछि मात्र डेकोरेसन र डिजाइनको काम अगाडि बढाउने योजना छ। १०८ कोठा रहने भनिएको होटललाई पछी डिजाइन परिमार्जन गर्दै भविष्यमा १५० कोठा बनाईने घिमिरेले जनाए।

    ‘यता सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले बैंकको ब्याजदर वृद्धि भइरहेको र बढाउँदा १० प्रतिशत, घटाउँदा १ प्रतिशतका दरले घटाउने भएकाले थप व्यवसायीहरु मारमा परेको बताए । सरकारको पर्यटन नीति नै अनुपयुक्त हुनुले पनि असर पारेको भनाई उनको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थपियो भने लुम्बिनी क्षेत्रका होटल पर्यटनलाई सकारात्मक असर पर्ने विश्वास व्ष्पक्त गरे । उनि भन्छन्, यहाँ आउने पर्यटक भनेका भारतीय हुन्। उनीहरुलाई २५ हजार भन्दावढि ल्याउने प्रावधान छैन् । त्यसमा पनि पाँच सय रुपैयाँको नोट ल्याउन पाउँदैनन् यसले पनि असर पुगेको जनाए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend