Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

दाङमा आमा साक्षरता अभियान


१७, असार २०८१
  • 145
    SHARES
  • दाङमा आमा साक्षरता अभियान

    तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हिरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घाँस काट्नेजस्ता काममै बित्ने गर्छ ।

    “हामी सधैँ चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ”, उहाँले भन्नुभयो, “गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायका लागि आवाज उठाउने छौँ ।

    ”त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउनुहुन्छ ।

    उहाँले आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भएपनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताउनुहुन्छ । “आँखै अगाडि कति हिंसा हुने गर्छन्”, उहाँले भन्नुभयौ “अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।”

    दाङ तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित कानुनी साक्षरता सम्बन्धी जानकारी आमाहरुलाई दिएपछि उनीहरु यसरी सचेत हुन थालेका हुन् । तुलसीपुरका १९ वडाका एक हजार बढी आमाहरुलाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो ।

    आमा साक्षरता अभियानअन्तर्गत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुराहरु सिकाइएको उहाँको भनाइ छ । घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उहाँको भनाइ छ ।

    “महिलाहरुमा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ”, उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो ।” कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम चलेको हो ।

    आमाहरुलाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिनुभएको थियो । सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि उक्त ज्ञान दिनुभएको थियो । कलेजमा कानुनमा स्नातक(विएएलएलबी) अध्यापन भइरहेको छ । 

  • खोटाङमा ट्रकको फल्स बटममा लुकाइएको १ हजार ३१५ किलो गाँजा नष्ट

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करिब रु दुई करोड मूल्य बराबरको १ हजार ३१५

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend