काठमाण्डौ । गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड बिहान सवा सात बजेदेखि खुलेको हो ।
पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी नै सडक खुलाइएको छ । तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ ।
यो सडक खण्ड बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।