काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहने जनाएको छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहनुका साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।