बागलुङ । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका २२ वर्षीय मिलन कार्की रहेको प्रहरीले जनाएको छ ।
उनी गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर हुन् । कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए ।
उनको शव पूर्वखोलाको बीच भागमा भेटिएको प्रहरीले जनाएको छ ।