काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको विमानस्थल परिसरमा रहेको मानविय सहायता स्थलको निरिक्षण गरेका छन् । बुधबार विपद् व्यवस्थापनको तयारी स्वरुप स्थापना गरिएको मानविय सहायता स्थलको गृहमन्त्री श्रेष्ठले निरिक्षण गरेका हुन् ।
निरिक्षण गर्दै गृहमन्त्री श्रेष्ठले मानविय सहायता स्थलमा रहेका सामाग्रीका साथै आवश्यक तयारीका बारेमा जानकारी लिएका थिए । नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको राष्ट्र भएकाले बिपद् छिटो भन्दा छिटो उद्धार र राहतका सामाग्री लिएर जान सहज होस भनेर मानविय सहायता स्थल बनाइएको गृहमन्त्री श्रेष्ठले बताए । उनले यसअघिको अनुभवबाट शिक्षा लिदै मानविय सहायता स्थललाई धेरै सुधार गरेको र तयारीका काम पनि धेरै भएको उल्लेख गरे ।
श्रेष्ठले विपद्पछि तुरुन्त सामाग्री पठाउन सहज हुने बिभिन्न ११ स्थानमा मानविय सहायता स्थल स्थापना गरिएको जानकारी दिए ।