Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा बीपी स्मृति दिवसका अवसरमा वृक्षारोपण


६, साउन २०८१
  • 151
    SHARES
  • अर्घाखाँचीमा बीपी स्मृति दिवसका अवसरमा वृक्षारोपण

    अर्घाखाँची । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा यहाँ वृक्षारोपण गरिएको छ ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा सन्धिखर्क–१ को लदाम बगैँचामा वृक्षारोपण गरिएको कांग्रेस सभापति केशव श्रेष्ठले बताउनुभयो ।

    पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको लदाम बगैँचामा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति कमलप्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, कोषाध्यक्ष विष्णु क्षेत्री, सहसचिव कमल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो ।

    उहाँ २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

    जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमचुनावमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।

    प्रधानमन्त्रीकालमा उहाँले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभएको थियो ।

  • खोटाङमा ट्रकको फल्स बटममा लुकाइएको १ हजार ३१५ किलो गाँजा नष्ट

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करिब रु दुई करोड मूल्य बराबरको १ हजार ३१५

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend