मोरङ । प्रहरीले मोरङको रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ खान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले खानको साथबाट ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थान बरामद गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।