बैशाख ३०,सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार विर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायस गाडीलाई चेकजाँच गर्ने क्रममा कमलामाई नगरपालिका ६ माझिटारबाट एक्सपल्वन र निट्राभेट ट्याबलेट सहित पक्राउ गरेको हो ।
बर्दिवास नगरपालिका ४ माइस्थानका २१ वर्षीय रविन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीले विश्वकर्माको साथबाट एक्सपल्वन २ सय एमएल र निट्राभेट दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध बरामद गरेको छ ।
विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको गरिने प्रहरीले जनाएको छ ।