काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शीर्ष नेताहरूको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले सङ्घीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएकाे थियाे । प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेका लागि बाेलाइएकाे छ ।