Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथले सीपमूलक तालिम चलाउने


२४, असार २०८०
  • 572
    SHARES
  • लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथले सीपमूलक तालिम चलाउने

    बुटवल । शहरी क्षेत्रमा खुल्दै आएका लायन्स क्लबहरुको प्राय: काम उस्तै–उस्तै हुन्छ, त्यो हो सामाजिक र स्वास्थ्य क्षेत्र । कहिले वृक्षारोपण त, कहिले निस्शुल्क स्वास्थ्य चेकजाँच शिविर चलाएर जहाँ स्वास्थ्य पहुँचबाट टाढा रहेकाहरुलाई शिविरको माध्यमबाट मानवीय सेवा गर्छन् । चाहे त्यो रोटरी होस् वा लायन्स । तर बुटवलको एक लायन्स क्लवले आफ्ना बार्षिक कार्यक्रमभित्र एउटा नयाँ आयाम ल्याउन लागेको पाईएको छ । क्लव हो लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ । 

    विगत ७ बर्ष अगाडि बुटवलमा स्थापना भएको क्लवले हरेक बर्ष आफ्ना कार्यहरु अन्य क्लवहरुभन्दा फरक तरिकाले गर्दै आएको छ । जसका उदाहरण मुल्यांकनभित्र पर्दछन् । तर सो क्लवले पछिल्लो समय नागरिकमा आधारित बेरोजगार सँग जोडिएको बिषयलाई "सीप सिकौं, दक्ष बनौं" भन्ने उद्देश्य अनुसार सीपमूलक तालिम आयोजना गर्ने भएको छ । ग्रामिण स्तरमा दक्ष जनशक्तिहरु भएपनि उनिहरुमा सीप नभएका कारण बेरोजगारीको मार खेप्नु परेको छ भने दिनदहाडै लागूऔषध दूर्व्यसनीमा फस्दै गएको जटिल समस्यालाई मध्येनजर गर्दै मणिमुकुन्द युथले सीपमा आधारीत तालिम सञ्चालन गरी छनौट भएकाहरुलाई रोजगारीको समेत व्यवस्थापन गर्नेगरी तालिम आयोजना गरिने क्लवका बर्ष २०२३–०२४ का अध्यक्ष थानेश्वर अर्यालले बताए ।

    उनले भने, म अहिले भर्खर अध्यक्ष भएर आएको छु । केही उदाहरणीय काम गर्ने लक्ष्य राखेको छु । विशेषगरी समसामयिक बिषयमा देखिएका समस्याहरु कसरी न्यूनीकरण गर्न सकिन्छ यसका उपायलाई परिपालन गरेमा के-कति समाधान हुन्छ सोही परिणामलाई मुल्यांकन गरेर थप कार्यक्रमहरु तय गरिने वताए । सो तालिम बुटवल उपमहानगरपालिका वडा न–११ सँग समन्वय गरी तालिम सञ्चालन गरिने बताइएको छ भने, कार्यक्रमको संयोजक लायन ज्वाला श्रेष्ठलाई तोकिएको छ । यस्तै क्लवले आर्थिक कोष सञ्चालनको सम्भ्याव्यता अध्ययन गर्न लायन रविन रायमाझीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । वृक्षारोपन गर्नका लागि लायन माधव ढकाललाई संयोजक तोकिएको र स्थान छनौटको निर्णय संयोजकले नै तोक्ने निर्णय भएको क्लवका सचिव लायन प्रभात जिसीले जनाए ।

    क्लवको बर्ष २०२३–०२४ का अध्यक्ष अर्यालको पहिलो बोर्ड तथा जनरल बैठकले समेत उक्त प्रस्तावलाई पारित गरेको छ । बैठकले विभिन्न एजेन्डाहरुमाथि छलफल समेत गरेको छ। सो क्रममा लायन निवर्तमान अध्यक्ष दिपक गौतम, संस्थापक अध्यक्ष लायन कमल थापा क्षत्री, पूर्वअध्यक्षहरु भुपेन्द्रवहादुर थापा क्षत्री (हरी), लायन लक्ष्मन कुँवर, यदुमणि पोख्रेल, सन्तोषमान सिमानगैंडा लगायतले बैठकमा ल्याईएका प्रस्तावले क्लवको गरिमा वढ्ने र जनस्तरमा क्लवप्रति सकारात्मक छाप पर्ने विश्वास व्यक्त गरे ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend