Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रधानन्यायाधीश कार्कीले इजलास बस्न छाडे


२४, असार २०८०
  • 160
    SHARES
  • प्रधानन्यायाधीश कार्कीले इजलास बस्न छाडे

    काठमाडौँ । अवकाश पाउन एक महिनाभन्दा कम समय बाँकी रहेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की इजलास बस्न छाडेका छन्। ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अवकाश पाउन लागेका कार्कीले एक महिना अघिदेखि इजलास नबस्ने परम्परालाई निरन्तरता दिएका हुन्।

    कार्कीले पछिल्लोपटक असार १३ गते संवैधानिक इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेपछि आफूलाई इजलास तोकेका छैनन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलले नियमित अवकाश पाउने अवधि एक महिना बाँकी भएकाले प्रधानन्यायाधीशले इजलासमा बसेर मुद्दाको छिनोफानो गर्न छाडेको जानकारी दिए। उनले भने, ‘अवकाशको एक महिना अघि १९ गतेदेखि नै उहाँले इजलास बस्न छाड्नु भएको छ।’

    इजलास नबसेपछि साउन १९ गतेसम्म कार्कीले प्रशासनिक काम भने गरिरहने भएका छन्। उनी असार १ गते मात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए। न्याय परिषद सचिवालयले उनलाई प्रधानन्यायाधीश बन्नुअघि नै साउन २० गतेदेखि उमेर हदका कारण अवकास पाउने औपचारिक सूचना दिएको थियो। उनी २०७३ सालमा कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend