काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ‘आज र भोलि देशका धेरै स्थानहरुमा पानी पर्ने, रोकिने र फेरि पानी पर्ने जनाएको छ । महाशाखाले लगातार झरी पर्ने सम्भावना नभएको तर आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने जनाएको छ ।
महाशाखाले कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा र मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
त्यस्तै महाशाखाले आज दिउँसो कोशी र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको राति कोशी, मधेश, गण्डकी र लुम्बिनीमा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।