Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगरले ल्यायो एआई च्याटबट, सम्पूर्ण सेवाको जानकारी फेसबुकबाटै


२५, असार २०८०
  • 186
    SHARES
  • बुटवल उपमहानगरले ल्यायो एआई च्याटबट, सम्पूर्ण सेवाको जानकारी फेसबुकबाटै

    बुटवल । बुटवल उपमहानगरपालिकाले कार्यालयको सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै उपमहानगरले औपचारिक रूपमा च्याटबट सञ्चालनमा ल्याएको हो ।

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहायताले सञ्चार गर्ने उक्त च्याटबटले सेवाग्राहीले सोधेका प्रश्नको जवाफ दिने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

    “स-साना कुराको जानकारीका लागि पनि सेवाग्राहीहरू पालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्था छ,” टेकपानासँग कुरा गर्दै पाण्डेयले भने, “यही समस्यालाई मध्यनजर गर्दै हामीले यूएनडीपीको सहयोगमा यो प्रणाली प्रयोगमा ल्याएका हौँ ।”

    पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाको फेसबुक पेजबाट यो च्याटबटसँग कुरा गर्न सकिन्छ । उक्त फेसबुक पेजमा गई मेसेजको अप्सनमा क्लिक गरिसकेपछि ‘गेट स्टार्टेड’ (Get started) अप्सन देखिन्छ । उक्त अप्सनमा क्लिक गर्दा उताबाट परिचय सहितको मेसेज आउँछ ।

    नेपाली अक्षरमा आउने मेसेजमा आफूलाई के जान्न मन छ त्यसैको अप्सन राखिएको हुन्छ । यसरी सेवाग्राहीले आफूलाई चाहेको सूचना पाउन सक्ने उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

    “जन्मदर्ता, मृत्युदर्ता लगायत अन्य कागजात बनाउँदा के-के गर्नुपर्छ वा के के आवश्यक पर्छ भन्ने कुरा थाहा पाउन मेसेञ्जर च्याट प्रयोग गर्न सकिन्छ,” अर्यालले भनिन्, “कार्यालयमा के-कस्ता काम भइरहेका छन्, कर्मचारीहरू कहाँ छन् लगायत सेवाग्राहीले पाउनुपर्ने अन्य सूचना त्यही च्याटबटबाट पाउन सकिन्छ ।” कार्यालयको यो कदमले नागरिकले पाउनुपर्ने सूचनाको हकको अधिकारलाई सम्बोधन गर्ने उनीहरूको विश्वास छ ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend