संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।
प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल सुरू भएको हो।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन्। त्यसअघि अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेको बताइएको छ।