बैतडी । बैतडीमा बस दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु२ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीरहको प्रहरीले जनाएको छ । सोही दुघर्टनामा परी ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै २२ जना घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।