काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ ।
जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिको बजेट माथि छलफल हुनेछ ।