बागलुङ । बाग्लुङ जिल्लाको बडिगाडमा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ भत्रेनीका भानबहादुर घर्तीका छोरा १४ वर्षीय सुनिल घर्ती रहेको प्रहरीले जनाएको छ ।
बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा सोमबार साँझ जेसिबीको ठक्करबाट घाइते भएका घर्तीको उपचारका क्रममा निधन भएको हो । जेसिबी चालकलाई नियन्त्रणमा लिएर थप कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।