काठमाण्डौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छजनाकै मृत्यु भएको छ। हेलिकोप्टरमा सवार एक नेपाली पाइलटसहित पाँचजना मेक्सिकनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बले जनाएको हो।
मंगलबार बिहान १०ः०४ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर १०ः १२ बजेदेखि नै सम्पर्कविहीन रहेको थियो । सम्पर्कविहीन रहेको हेलिकोप्टर ११ः २४ मिनेटमा लामजुरा पास नजिकै देउराली भन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए। उक्त हेली सधैं उड्ने रुटमा नै आएको र्याडरमा देखिएको बताइएको छ।