Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बुद्धि सागर लामिछानेको नेतृत्वमा हेलिकप्टर दुर्घटनाको छानविन समिति गठन


२६, असार २०८०
  • 102
    SHARES
  • बुद्धि सागर लामिछानेको नेतृत्वमा हेलिकप्टर दुर्घटनाको छानविन समिति गठन

    काठमाडौं । सरकारले सोलुखुम्वुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

    मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो । त्यस्तै बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने  वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।

    बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ, जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले बताईन् ।  बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । क

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend