Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भोलिदेखि एमडीएमएस लागू


३१, वैशाख २०८०
  • 127
    SHARES
  • भोलिदेखि एमडीएमएस लागू

    काठमाण्डौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस जेठ १ देखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । यसअघि पटक पटक यो प्रक्रिया लागू गर्ने जनाएको भए पनि सफल भइरहेको थिएन । तर जेठ १ देखि भने पूर्णरुपमै लागू गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

    सरकारले झिटीगुन्टा नियमावली संशोधन गरेपछि प्राधिकरणलाई एमडीएमएस लागू गर्न सजिलो भएको हो । यो प्रणाली लागू्र भएसँगै नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न सजिलो हुनेछ । 

    सरकारले झिटीगुन्टा नियमावली संशोधन गरी अबदेखि वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । आफूसँग भएको एउटा पहिलेदेखि नै ल्याउन पाइने थियो भने अब थप एउटा ल्याउन पाइने छ । 

    यही नियमावली लागू भएसँगै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । एमडीएमएसमार्फत प्राधिकरणलाई मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न सजिलो हुनेछ । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

    सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले यसका लागि प्राधिकरणको वेबसाइट एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी मा जानुपर्ने जनाएको छ । 

    नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । एमडीएमएस लागू भएसँगै नेपालमा ब्यापक रुपमा चलिरहेको ग्रेमार्केट पनि हराएर जानेछ । त्योसँगै सरकारलाई आयकरसमेत वृद्धि हुनेछ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend