Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अलबिदा सीता दाहाल


२७, असार २०८०
  • 95
    SHARES
  • अलबिदा सीता दाहाल

    काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको अन्तिम संस्कार भएको छ । उनको हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा दिउँसो उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार भएको हो । 

    प्रचण्डसँगै छोरीहरु रेणु र गंगाले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका छन् । यसअघि माओवादी केन्द्रकी सल्लाहकारसमेत भएकी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएसँगै शोक ब्यक्त गर्न सबैजसो दलका नेताहरु नर्भिक अस्पताल पुगेका थिए । 

    श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रचण्डका आफन्तसँगै माओवादी केन्द्रका सबैजसो उपलब्ध नेताहरुसहित शीर्ष दलका सबैजसो नेताहरुसँगै माओवादीबाट छुट्टिएका नेताहरु पनि पुगेका थिए । त्यस्तै पूर्वराजाका तर्फबाटसमेत सहभागी भएका थिए । नेताहरु नर्भिक, पेरिस डाँडासँगै पशुपतिसमेत पुगेका थिए । 

    उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

    अन्त्येष्टिअघि पशुपति आर्यघाटमै पुगेर सीतालाई पूर्वप्रधानमन्त्रीहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रिपरिषद्का सदस्य, सांसद, सुरक्षाकर्मीलगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।  

    सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend