गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षिय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका -१ नेटाका टीका बलाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आफ्नै घरमा बसिरहेको समयमा बलाललाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते बलालको बाग्लुङ बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।