Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सिक्टा आयोजनाका ठेकेदारले लाखौँ राजश्व बुझाएनन्


३१, वैशाख २०८०
  • 147
    SHARES
  • सिक्टा आयोजनाका ठेकेदारले लाखौँ राजश्व बुझाएनन्

    बाँके । राष्ट्रिय गौरवको सिक्टा सिचाइँ आयोजनाका ठेकेदार कम्पनीले बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्र भित्रको ढुंगा गिट्टी उत्खनन वापतको राजश्व पालिकालाई नबुझाएको पाइएको छ । राप्तीसोनारी गाउँपालिका ३ मा सिक्टा सिचाइँ आयोजनाद्धारा निर्माणाधीन तटबन्धका लागि आयोजनाले राप्तीनदीबाट ढुंगा गिट्टी उत्खनन गरिरहेको छ । आयोजनाको लगानीमा वडा नं ३ को सिनावास र गलरावासमा तटबन्धन निर्माणको काम भइरहेको छ । 

    सिक्टा सिचाइँ आयोजनाले तटबन्धन निर्माणका लागि वली विल्डर्स र भाग्यलक्ष्मीलाई ठेक्का दिएको छ । तर ती ठेकेदार कम्पनीले पालिकालाई बुझाउनु पर्ने राजश्व बुझाएका छैनन् । पालिकाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले तटबन्धन निर्माणका लागि आवश्यक पर्ने ढुंगा गिट्टी उत्खनन गर्न दिइएको भए पनि ठेकेदार कम्पनीले अहिलेसम्म राजश्व नबुझाएको बताए ।

    यी दुई ठेकेदार कम्पनीले लाखौं रुपैयाँ रकम राजश्व पालिकालाई बुझाउनु पर्नेछ । तर अहिलेसम्म वली विल्डर्सले वडा कार्यालयमा एक लाख रुपैयाँ मात्रै बुझाएको पाइएको छ । सिक्टा सिंचाइँ आयोजनाबाटै ठेक्का सकारेर काम गरिरहेपनि उनीहरुले पालिकालाई तिर्नुपर्ने रकम नर्तिदा पालिकाको राजश्व प्रभावित भएको छ । यसबारेमा विल्डर्सका भुपाल वलीलाई सम्पर्क गर्दा फोन उठेन ।

    सिक्टा सिचाइँ आयोजनाका प्रमुख राजेश सिंहले आफुहरुले ठेक्का लगाउँदा नै ढुंगा गिट्टी उत्खनन परिमाणको हिसावले राजश्व रकम समेत तोकेर ठेक्का दिने गरिएको बताए । उनले यसमा आयोजनाको भूमिका नहुने उल्लेख गरे ।  राप्तीसोनारी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष मिन कुमार थारुले अहिलेसम्म वली विल्र्डसले एक लाख रुपैयाँमात्रै राजश्य दाखिला गरेको बताए । ढुंगा गिट्टी उत्खननमा ठेकेदार कम्पनीको मनोमानी चल्दा राप्तीसोनारी गाउँपालिकाको राजश्व प्रभावित भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत देवकोटाले उक्त क्षेत्रमा ठेक्का सकार्ने ठेकेदार कम्पनीहरु कति छन् रु उनीहरुले के कतिमा ठेक्का सकारेका हुन् रु त्यसको विवरणसहित पालिकालाई पठाउन सिक्टा सिँचाइँ आयोजनासँग माग गरिएको जनाए ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend