काठमाण्डौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली राख्नुकासाथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षासमेत भएको छ ।
आज पनि कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।