काठमाण्डौं । नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया शुरु गर्नको लागि करिब ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी लाग्ने भएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले बिहीबार एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् ।