Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी सरकारका भवन निर्माण तीव्र गतिमा


२९, असार २०८०
  • 145
    SHARES
  • लुम्बिनी सरकारका भवन निर्माण तीव्र गतिमा

    देउखुरी । लुम्बिनी प्रदेश सरकारले तीन अर्ब रुपैयाँ भन्दा बढी लागतमा बनाउन थालेको १० वटा मन्त्रालयको भवन निर्माणको काम तिब्र रुपमा अगाडि बढेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र नयाँ भवन बनिरहेका छन् । गत फागुन १० मा तत्कालीन मुख्यमन्त्री लीला गिरीले मन्त्रालय भवनको शिलान्यास गरेका थिए ।

    काठमाण्डौंको शर्मा सगुन जेभीसँग ३ अर्ब ९ करोड १ लाख २९ हजार रुपैयाँमा भवन निर्माण सम्झौता भएको छ । तीन वर्षभित्र निर्माणकार्य पूरा गर्ने सम्झौतामा गरिएको छ । यसका लागि खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ खडा गरिएको छ ।

    मन्त्रालयका भवनसंगै सात वटा अन्य योजना कार्यालयको भवन पनि बन्ने प्रक्रियामा रहेको प्रवक्ता पाण्डेयले बताए । यता प्रदेश सरकारले राप्ती उपत्यकालाई राजधानी शहरका रूपमा निर्माण अघि बढाउने बताएको छ ।

    जसका लागि गुरुयोजना तयार गरिएको छ । यसमा २५ अर्ब लाग्ने अनुमान गरिएको छ । प्रदेश राजधानी शहर निर्माणका लागि पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाएको हो । राजधानी शहर बनाउन २५ अर्बको स्रोत सुनिश्चितता भएको र २० वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य रहेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जनाए । गुरुयोजना अन्तर्गत नै मन्त्रालयका भवन निर्माण भइरहेका छन् । पाँच वर्षभित्र प्रदेश सँग जोडिएका प्रशासनिक कार्यालय, कर्मचारीका निवास, निर्देशनालय भवन निर्माण गरिने भएको छ।

    राप्तीमा तीनवटा पक्की पुल, राप्तीका नदीका दुवैतिर तटबन्ध निर्माण गरिने बताईएकोे छ। साथै, राजधानीलाई जोड्न कलात्मक (सिक्नेचर) पुल बनाउने योजना समेटिएको छ भने ५० मिटर चौडा तीन वटा सडक निर्माण गरिने गुरुयोजनामा समेटिएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend