Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको वृक्षारोपणः बढ्दो जलवायु परिवर्तन सन्तुलन राख्नुपर्नेमा जोड


३०, असार २०८०
  • 1,015
    SHARES
  • लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको वृक्षारोपणः बढ्दो जलवायु परिवर्तन सन्तुलन राख्नुपर्नेमा जोड

    बुटवल । लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथले शनिवार एक कार्यक्रमका विच तिलोत्तमा नगरपालिका वडा न–१ शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा वृक्षारोपण गरेको छ। लायन्स बर्ष २०२३/०२४ का अध्यक्ष थानेश्वर अर्यालको अध्यक्षतामा भएको वृक्षारोपणमा तीन प्रकारका वृक्ष रोपिएको हो ।

    पछिल्लो समय बढ्दो रुख कटानले पानीको मुहान सुक्दै गएकाले बर्षेनी तापक्रम बढ्दै गएको, अत्यधिक गर्मीले जनजीवन प्रभाभित हुनुको साथै केही मानिसहरुको मृत्यु समेत हुने गरेको अवस्थालाई मध्यनजर गरी क्लवले "रुख रोपौं, वातावरण जोगाऔं" भन्ने उद्देशले वृक्षारोपण गरिएको क्लवका अध्यक्ष थानेश्वर अर्यालले बताए । उलने थपे, आगामी दिनमा क्वलको नाममा सुरक्षा तारवार लगाएर एउटा वगैंचा नै तयार गर्ने लक्ष्य राखेका छौं । 

    उनले भने, वृक्ष विना सजिव वस्तुहरुलाई बाँच्न कठिन हुने भएकाले आवश्यक्ता अनुसार रुख काटेपनि त्यसको स्थानमा अर्को नयाँ बिरुवा लगाउनुपर्नेमा जोड दिदै वातावरण सन्तुलन राख्न र पानीको मुहान सुक्दै गएकाले लामो समय घडेरीको समस्यालाई अन्त्य गर्नका लागि वृक्षारोपण अत्यावश्यक रहेको तर्क गरे ।

    कार्यक्रमका प्रमुख अतिथि तथा प्रथम भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानान्गले अहिले वातावरण असुन्तलन हुँदै गएकाले हरेक खालका रोग र चरम गर्मीले मानवीय संसाधनमा नराम्रो असर परेकाले वृक्षारोपणलाई निरन्तरता दिनुपर्ने वताए। निवर्तमान अध्यक्ष दिपक गौतमले क्लवले वृक्षारोपण कार्य गरेकोप्रति आफु सकारात्मक रहेको जनाउँदै रुखले नै तापक्रमलाई सन्तुलन राख्न ठूलो भूमिका खेल्ने भन्दै खाली जग्गा र भू–क्षय जाने स्थानहरुमा वृक्ष रोप्नुपर्ने उल्लेख गरे ।

    क्लवका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक चिफ कमल थापा क्षत्रीले बढ्दो जनघनत्व र तस्करीका कारण जंगल फडानी तीव्र रुपमा मौलाउँदै गएकाले त्यसको असर जलवायु परिवर्तनले मौसमी अनुसार पानी नपर्ने, खडेरीले पानीका मुहान सुक्ने, खेतीपाती गर्ने समयमा पानी नपर्ने जस्ता समस्या जटिल बन्दै गएकाले वृक्षारोपण आवश्यक रहेको औंल्याए ।

    आँप, लिची र कटहर लगाईएको वृक्षारोपण कार्यक्रमका संयोजक माधव ढकालले जनाए । उनले विश्वभर पर्दै गएको जलवायु परिवर्तनको प्रभावलाई कम गर्न एउटा रुख काटेपछि १० वटा रुख रोप्नुपर्छ भन्ने मूल मन्त्र अनुसार अगाडि बढ्नुपर्ने सुझाए।

    शंकरनगर वनविहार तथा अनुसन्धारन केन्द्र वनवाटिकाका अध्यक्ष वेलप्रसाद शर्माले विभिन्न क्लवहरुले गर्ने वृक्षरोपणले वाटिकाको गरिमा बढ्नुको साथै फलफूल जन्य विरुवाबाट यहाँको पनि आयआर्जन बढेको छ। उनले भने । सो क्रममा लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीको पनि सहभागिता रहेको थियो । जुब्लीका अध्यक्ष जीवन थापा क्षत्री लगायत लियो सदस्यहरुको उपस्थिती रहेको थियो ।

    लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको पनि सहभागिता थियो । क्लवका संस्थापक अध्यक्ष सन्तोष खरेलको उपस्थिती थियो । वृक्षारोपण कार्यक्रममा पूर्वअध्यक्ष तथा जोन रिजन चियर पर्सन लायन यदुमणी पोख्रेल, पूर्वअध्यक्षहरु लक्ष्मण कुँवर, सन्तोषमान सिमाङगैंडा, लगायत  डिष्ट्रिकका विभिन्न तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend