Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

जब सुवास नेम्वाङले शरणार्थी प्रकरण कोट्याएपछि....


३१, वैशाख २०८०
  • 144
    SHARES
  • जब सुवास नेम्वाङले शरणार्थी प्रकरण कोट्याएपछि....

    काठमाण्डौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान तातेसँगै तीन ठूला दलका प्रमुख नेताहरु तारन्तर बैठक बस्न थालेका छन् । जनमानसमा उनीहरु यो विषयलाई यत्तिकै सामसुम पार्ने रणनीति बुन्दै छन् कि भन्ने आशंका बढ्दो छ । जनताको यही आशंकालाई आज एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेताहरुसमक्ष राखे । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको थियो ।

    उनीहरुले एक चरण कुरा गरेपछि तीनवटै दलका उपनेता र सचेतकहरूलाई पनि मिसाइयो । उक्त बैठकको प्रमुख विषयवस्तु संसदीय समितिको भागबन्डा र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश थियो । बैठकमा एमाले उपाध्यक्ष नेम्वाङले शरणार्थी प्रकरणको प्रसंग निकालेका थिए । उनले तीन दलका शीर्ष नेता बस्नासाथ जनतामा शंका उब्जिन थालेको भन्दै घोचपेच गरेका थिए ।

    नेम्वाङले घुमाउरो ढंगले भने, ‘तपाईंहरु तीनजना नेता एक ठाउँमा बस्नासाथ शरणार्थीको कुरा गर्न बसे भन्छन् बाहिर । यो त गलत हो । यस्तो कुरा नहुनुपर्ने । हाम्रो संसदीय लोकतन्त्रमा तपाईंहरु नबस्दा पो समस्या हो त ।’ नेम्वाङलाई जवाफ दिँदै तीनैजना नेताहरुले शरणार्थी प्रकरणमा प्रहरीले गरेको कारवाहीमा हस्तक्षेप गर्ने आफूहरुको मनशाय नरहेको प्रष्ट पारे ।

    ‘हामी तीनै दल यो विषयलाई संविधान कानूनबमोजिम निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा छौं । यसमा हामी एक छौं । प्रहरीको कारबाहीमा हाम्रो सहयोग रहन्छ । यो कुरा तपाईहरुले बाहिर भन्दिए हुन्छ’, नेतात्रयको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend