Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मिटरब्याज सम्बन्धी विधेयकमा पछि हटे दुई दल,आज पारित हुने


३१, असार २०८०
  • 104
    SHARES
  • मिटरब्याज सम्बन्धी विधेयकमा पछि हटे दुई दल,आज पारित हुने

    काठमाडौँ । मिटरब्याजी समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयक आइतबार पारित हुने भएको छ। असार २० गते नै पारित हुुनुपर्ने भए पनि रोकिएको विधेयकमा विपक्षी एमाले र सत्तारुढ जसपा आआफ्नो अडानबाट पछि हटेका छन्। एमाले र जसपाले अडान छाडेसँगै आइतबार नै विधेयक पारित हुने भएको हो।

    एमालेले असार २० गतेभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि प्रचलित संसदीय अभ्यास र प्रतिनिधिसभामा नियमावली २०७९ को नियम ९९ अनुसार विधेयक निष्क्रिय भइसकेकाले पारित गर्न नमिल्ने बताउँदै आएको थियो। तर जटिलस्थितिका कारण आफूहरु पछि हटेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए। उनले भने, ‘हामीले कानुनी कुरा उठाएका थियौँ। तर विशिष्ट परिस्थितिका कारण सहमति भयो। आज विधेयक पारित हुन्छ।

    त्यस्तै विधेयकमा रहेका प्रावधानप्रति असहमति राख्दै आएको सत्तारुढ जसपा पनि विधेयकको पक्षमा उभिन निर्णयमा पुगको सचेतक प्रदीप यादवले जानकारी दिए। आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक पारित हुने र आफ्नो पार्टी पक्षमा उभिने उनले बताए। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि यादवले भने, ‘आज मिटरब्याजी विधेयक अघि बढ्छ। म त्यसको पक्षमा बोल्छु।

    सभामुख देवराज घिमिरेले विधेयकमाथि आइतबार नै दफावार छलफल गर्ने, प्राप्त संशोधन निर्णयार्थ पेश गर्ने र पारित गर्ने कार्यसूची सार्वजनिक गरको छन्। प्रतिस्थापन विधेयक सरकारले असार ५ गते राष्ट्रियसभामा पेश गरेको थियो।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend