Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची सिमेन्टद्धारा ३८ करोडको सिमेन्ट निर्यात


३, साउन २०८०
  • 120
    SHARES
  • अर्घाखाँची सिमेन्टद्धारा ३८ करोडको सिमेन्ट निर्यात

    बुटवल । गत चैत बाट भारतमा व्यवसायिक रुपमा सिमेन्ट निर्यात थालेको अर्घाखाँची सिमेन्टले गत असार सम्म ३८ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निकासी गरेको पाईएको छ ।

    रुपन्देहीमा स्थापना भएको अर्घाखाँची सिमेन्टले निर्यातको शुरुवात गत कार्तिक बाटै गरेपनि व्यवसायिक निर्यात भने चैतबाट भएको र ४ महिनामा ३८ करोडको सिमेन्ट निर्यात गरेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

    अर्घाखाँचीले यसबीच ५ लाख २५ हजार बोरा सिमेन्ट, २६ हजार टन क्लिङ्कर निकासी गरेको छ। गत आर्थिक वर्षमा अर्घाखाँचीका उत्पादन बिहारको पटना तथा उत्तर प्रदेशका गोरखपुर, महाराजगन्ज, लखनउ, कानपुर, बनारसलगायत शहरमा पुगेको हो।

    अग्रवालका अनुसार गत वर्ष अर्घाखाँची सिमेन्ट ४ सय मिटरको रेडियसमा पुगेको हो। चालू वर्ष अन्य शहर पुग्ने लक्ष्य छ। शुरुवाती वर्ष भएकाले प्रयासस्वरूप ३८ करोडको निकासी गरियो। चालू वर्ष २ अर्ब हाराहारीको सिमेन्ट निकासी गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend