Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमा ट्राम रेलको भौतिक निर्माणमा स्थानीयको अवरोध कायमै


१, जेठ २०८०
  • 143
    SHARES
  • तिलोत्तमा ट्राम रेलको भौतिक निर्माणमा स्थानीयको अवरोध कायमै

    बुटवल। नयाँ योजना तय गर्ने स्थानीय तहमा पहिलो नम्बरमा पर्छ रुपन्देहीको तिलोत्तमा नगरपालिका । यही पहिलो हुने सोचका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल योजना शुरु भएको छ । तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार ट्राम रेल सञ्चालन योजना अगाडि बढेको हो । रेल योजनाको गत पुसमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका थिए । सरकार र नागरिकको सञ्चालनमा चलेको रेल्वे सेवा देशकै नमूना हुने नगर प्रमुख खाणको भनाई छ ।

    तर, शिलान्यास गरेर काम अगाडि बढ्ने क्रममा स्थानीयको अबरोधका कारण काम ठप्प छ । नगरपालिका अहिले समन्वय गरेर काम अगाडि बढाउने क्रममा छ । नगरप्रमुख रामकृष्ण खाणका अनुसार स्थानीयले ठुलो रेल जस्तो आवाज आउने होहल्ला हुने हो कि भन्ने सोचका कारण काममा अवरोध गरेका हुन् । तर यो इलेक्ट्रिक सिस्टमको हुनाले आवाज आउँदैन । आवाज नआएपछि स्थानीयलाई ध्वनी प्रदुषण हुँदैन । यो वातावरण मैत्री पनि हुन्छ । धुवाँधुलो रहित हुन्छ। नगरपालिकाले रेल्वे क्षेत्रका नागरिकहरुलाई यो कुरा बुझाउन र योजना अगाडि बढाउन तयारी गरेको छ । यही आर्थिक वर्षबाट प्रारम्भिक केही काम अगाडि बढ्ने नगर प्रमुख खाणले बताए ।

    रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् । कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दूरीमा रेल सेवा सञ्चालन हुनेछ । जसमा लुम्बिनी प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र नागरिकबाट ४९ प्रतिशत लगानी जुटाइने छ । तिलोत्तमा चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । १४ फिट ट्राम रेलको चौडाइले ओगट्ने छ । त्यसमा ५ फिटको ट्रयाक हुनेछ ।

    १० फिट डिब्बाको चौडाइ हुनेछ भने त्यसमा दायाँ बायाँ दुई र तीन फिट छोडिनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर बनाएको कम्पनीले एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर रेल सञ्चालन लक्ष्य लिएको छ । प्रबन्ध सञ्चालक शर्माले ट्राम रेल वातावरण मैत्री हुने र पर्यटकीय विकासमा सघाउने जनाए ।

    शर्माले भने ‘यो सिटी रेल हो, मेट्रो जस्तै स्टाण्डर गेजको हुन्छ । मनोरञ्जन दिने पर्यटकीय रेल भएकाले गति केही कम हुनेछ । जुन ३ वटा बसको साइजमा नै हुन्छ ३ बटा डिब्बा जसमा २ सय जना चढ्न मिल्ने हुन्छ । जसको स्पिड १५ देखि २० प्रति किलोमिटर हुने बताईएको छ ।

    नगरपालिकाले बनाएको उक्त योजना अनुसार ट्राम रेल १२ वटा ट्राममध्ये ६ वटा पश्चिमबाट टाइगर प्यालेस हुँदै रिङरोड र ६ वटा पूर्वमा योगीकुटी रोहिणी जलासयतर्फ चल्ने छन् । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने शर्माले बताए ।

    ट्राममा एक पटकमा २ हजार ५ सय जना चढ्न मिल्ने छ । रेलको सेवामा दैनिक ३० हजार गरी वर्षमा १ करोडले सेवा लिने तथा सामान ढुवानी लगायतको काम गर्ने लक्ष्य छ । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब वचत हुने कम्पनीका निर्देशक शर्माले जनाए । परियोजना शुरु भएपछि १ सय जना स्थायी कर्मचारीले रोजगार पाउने जनाईएको छ। 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend