Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राः गुल्मी धुर्कोटका सन्तोषसहित ४ जना पक्राउ


४, साउन २०८०
  • 229
    SHARES
  • विदेशी मुद्राः गुल्मी धुर्कोटका सन्तोषसहित ४ जना पक्राउ

    बुटवल । नेपालबाट अन्य मुलुक बाहिरिँदै गरेको ठुलो परिमाणको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ परेका छन्। विमानस्थल प्रहरीले बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका गरि एक करोड बढी बराबरको नेपाली मुद्रासहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बुटवलका अनिस थापा र दिपेश राना, गुल्मी धुर्कोटका सन्तोष पन्थी र सुर्यमणी भण्डारी रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

    उनीहरूको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, १ लाख १९ हजार ५ सय साउदी रियाल, १३ सय ५७ ओमान रियाल र ४ सय ८८ बहराइन दिनार बरामद गरिएको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरक्षिक श्याम ज्ञवालीले जानकारी दिए । बरामद गरिएको मुद्रा एक करोड बढी नेपाली रूपैयाँ बराबर हुन आउने एआईजी ज्ञवालीले बताए।

    पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयान दिएको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ । प्रहरीले चारै जनालाई पक्राउ गरी गौशाला प्रहरी वृत्तको हिरासतमा राखेको थियो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend