काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाउदै देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो ।
साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।