Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सरकार बनाउँदा कसै न कसैसँग मिल्न बाध्यता छ : प्रवक्ता महत


२४, जेठ २०८२
  • 103
    SHARES
  • सरकार बनाउँदा कसै न कसैसँग मिल्न बाध्यता छ : प्रवक्ता महत

    बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने दाबी गरेका छन् ।

    अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

    उनले भने, ‘हामीले व्यक्तिवादी हुन छाडेर बलियो हुने कोसिस गरौँ । खासगरी आगामी चुनावमा कम्युनिष्ट कम्युनिष्ट नमिलून्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौँ, हामीले अहिले लक्ष्य राखेको पनि त्यही हो । अहिले सात बुँदे सहमति पनि एमालेसँग त्यहीअनुसार भएको छ, एमाले प्रतिस्पर्धी पार्टी हो । उनीहरुको भन्दा बलियो सञ्जाल बनाएर अगाडि बढ्न आग्रह गरे ।’

    प्रतिनिधि सभा सदस्य समेत रहेका महतले एमाले नेतृत्वको सरकार बनाएर कांग्रेसले सबै कुरा नसुम्पिएको दाबी गरे । उनले थपे, ‘केही कुरामा मलाई पनि चित्त दुखेको छ, तर गठबन्धनको बाध्यता छ । सबै हामीले भनेकोमात्रै हुँदैन, तर गभर्नरको विषयमा त सभापतिले भन्नुभयो नि ! यो कुरा मिलेन भने मिल्दैन भनेपछि बल्ल धेरै महिनापछि नियुक्ति भयो, सभापतिले यो कुरा मिलेन भने भन्दैन भन्नुभएकै हो । त्यसपछि खतराको घण्टी बज्यो भनेर निष्कर्षमा पुगेको हो । हामी सबै कुरा छाडेर एमाले जे जे भन्छ त्यसैको पछाडि लागिरहेका छैनौं । 

    त्यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेस विवादित मनस्थिले हैन । एक भएर अगाडि बढे अधिकांस क्षेत्रमा हाम्रो जित सुनिश्चित छ ।

    कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, आमन्त्रित पूर्व केन्द्रीय सदस्य महेन्द्र भुसाल, बालकृष्ण पाण्डे, नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री बिष्णु खनाल,सदस्य बिष्णु पोखरेल,नेका जिल्ला सभापति केशव श्रेष्ठले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रम अर्घाखाँची-रुपन्देही सम्पर्क समितिका अध्यक्ष तुल्सी भुसालको अध्यक्षता, उपाध्यक्ष टिकाराम बन्जाडेको स्वागत मन्तव्य र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend