Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कुनै उजुरी परेको छैन गृहमन्त्रीले राजीनामा दिनुपर्दैन् : नेता बिडारी 


२६, जेठ २०८२
  • 129
    SHARES
  • कुनै उजुरी परेको छैन गृहमन्त्रीले राजीनामा दिनुपर्दैन् : नेता बिडारी 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा वरिष्ठ नेता रामनारायण बिडारीले गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म कुनै अनुसन्धान अधिकृतसम्म उजुरी नपरेकोले राजीनामा दिन नपर्ने स्पष्ट पारेका छन् । तर, नैतिकताको आधारमा राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम गृहमन्त्री लेखकमा निर्भर हुने बताए ।

    आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संसद्को गतिरोधको विषयमा असहमति जनाए । उनले भने,‘नैतिकता भनेको व्यक्तिगत कुरा हो । यो बाध्यता होईन । नैतिकताको कुरा गरेर संसद्लाई बन्धक बनाउन पाईँदैन् ।’ भिजिट भिसा प्रकरण आँफैमा गम्भीर अपराध भएको टिप्पणी गरे । उनले भने,‘मानव तस्करी ठूलो अपराध हो । यसले राज्यलाई कालो सूचिमा राख्छ ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दाको सवालमा भने उनले अख्तियार सरकारको नियन्त्रणभन्दा बाहिरको निकाय भएको प्रष्ट्याए । उनले भने,‘अख्तियार सरकारभन्दा माथि हुन्छ । सरकारले नियन्त्रण गर्ने निकाय होईन । अख्तियारलाई कारबाही संसद्ले मात्रै गर्नसक्छ । दुई तिहाईको महाभियोगले मात्रै कारबाही गर्न सक्छ ।’

    बिडारीले अख्तियारले यही विषयमा हिजो नीतिगत भनेको र अहिले मुद्दा चलाएको हो भने महाभियोग लगाउनसकिने तर्क गरे । गिरिबन्धु र पतञ्जलीको केस नै फरक भएको उनको भनाई छ । उनले भने,‘गिरिबन्धुमा काम भैसकेको छैन अरे । जग्गा बेचिसकेको छैन् । बेच्ने प्रपञ्च गरिरहेको छ भन्ने सुनेको छु । माधवजीको केशमा पनि मिसिल हेर्न पाएको छैन् । ओलीजीलाई रिस उठेर मुद्दा लगाईएको भनेर म भन्न सक्दिनँ ।’

    उनले नीतिगत निर्णय गरेको हो वा होईन भन्ने कुराको व्याख्या चाहिएको सुनाए । उनले भने,‘सर्वोच्च अदालतमा नीतिगत हो कि होईन भनेर रिट हाल्न सकिन्छ ।’

    उनले राजतन्त्रकालदेखि नै व्याप्त रहेको भ्रष्टाचार नघटेको झनै बढेको तथ्यांक पेश गरे । उनले भने,‘देशमा अहिलेमात्रै होईन राजतन्त्रकालदेखि नै व्याप्त भ्रष्टाचार घटेन । मान्छेको जनसंख्या बढ्यो, भ्रष्टाचार पनि बढ्यो । पदाधिकारी बढे, भ्रष्टाचारपनि बढ्यो । भ्रष्टाचार निर्मुल गर्न बडो कठिन छ । नियन्त्रण गर्ने कसरी भन्ने कुरा हो । नियन्त्रणको लागि विकसित राष्ट्रले उपाय प्राप्त गरेको छैन् । कुनै देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड छ । कुनै देशमा सार्वजनिक पदमा आजिवन बस्न नपाईने यवस्था छ । नेपालमा भ्रष्टाचारको केशमा मुद्दा लगाउन पनि गाह«ो छ । बल्लबल्ल पूर्व प्रधानमन्त्रीलाई एउटालाई मुद्दा लाग्यो, त्योपनि सोझो सोझो मान्छेलाई ।’

    नेपालमा भ्रष्टाचार गर्नको निम्ति सांसदहरु र अहिलेको संसद्ले नै वातावरण मिलाईदिएको भन्दै कानून बनाईदिँदा कमजोर कानून बनाइएदिएको बिडारीको आरोप छ ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend