Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संसद् अवरोध जेठ २८ गतेसम्म पुर्याउन प्रचण्डलाई वाग्लेको प्रस्ताव


२६, जेठ २०८२
  • 131
    SHARES
  • संसद् अवरोध जेठ २८ गतेसम्म पुर्याउन प्रचण्डलाई वाग्लेको प्रस्ताव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको अवरोध जेठ २८ गतेसम्म कायम राख्नुपर्ने मत राखेका छन् ।

    विपक्षीहरुको बैठकमा सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लचक बनेपछि वाग्लेको यस्तो प्रस्ताव आएको हो ।

    हिजो (आइतबार) विपक्षीहरुको बैठकमा वाग्लेले भिजिट भिसा प्रकरण एकदमै सिरियस इस्यु भएकोले यत्तिकै छोड्न नहुने मत राखेका थिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि सदनको अवरोध खुलाउने विषयमा लचकता प्रदर्शन गरेपछि रास्वपा पँक्ति सशंकित बनेको हो ।

    विपक्षीहरुको बैठकमा वाग्लेले कम्तिमा पनि सदनको अवरोध यही जेठ २८ गतेसम्म पुर्याउनुपर्ने प्रस्ताव गरेका थिए । जेठ २८ गते संवैधानिक नियुक्ती (५२) को विरुद्ध परेको रिटमा फैसला आउने भनिएको छ । वाग्लेले यही विषयलाई मध्यनजर गर्दै विपक्षीहरुको सदन अवरोधलाई त्यही मितिसम्म पुर्याउनुपर्ने मत राखेका हुन् ।

    हिजो कांग्रेस र विपक्षीहरुबीच सदनको अवरोध हटाउने विषयमा मोटामोटी समझदारी बनेको थियो । प्रचण्डले सहमतिको भाषाको मस्यौदासमेत तयार भएको बताएका थिए । तर, रास्वपा आफ्नो अडानमा कायम रहेपछि हिजो सुचारु हुने भनिएको सदन प्रक्रियामा नगई स्थगित् भएको हो ।

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend