सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
भारतीय नम्बरको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ। तीनै जनाको बिपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।