Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सांसद भट्टराईको भनाइ : “रास्वपा पनि छिट्टै सहमतिमा आउँछ”


३१, जेठ २०८२
  • 100
    SHARES
  • सांसद भट्टराईको भनाइ : “रास्वपा पनि छिट्टै सहमतिमा आउँछ”

    काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद् सञ्चालनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि चाँडै सहमतिमा आउने बताएका छन्। शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता पक्ष, माओवादी केन्द्र र अन्य दलबीच सहमति बनिरहेको र रास्वपाले पनि सहमतिमा सहभागी हुने अपेक्षा व्यक्त गरे । उनले भने, “पाका नेता छिट्टै सहमतिमा आउँछन्, नवजवानहरूलाई बुझ्न समय लाग्छ । जोश-जाँगर भएको रास्वपा पनि विस्तारै सहमतिमा आउँछ ।”

    सांसद भट्टराईका अनुसार संसद् लामो समयसम्म अबरुद्ध हुनु उचित होइन भन्नेमा माओवादी केन्द्रले गम्भीरता देखाएको छ। उनले संसद्मा विचाराधीन रहेका महत्वपूर्ण विधेयकहरू छिट्टै अघि बढाउनुपर्नेमा जोड दिए । बजेटमाथि छलफल गर्नुपर्छ, निजामति र विद्यालय शिक्षा विधेयकहरू तत्काल पास गर्न आवश्यक छ,” उनले भने ।

    सांसद भट्टराईले माओवादी केन्द्रसँग संसद् सञ्चालनका लागि दुई बुँदामा सहमति भएको जानकारी दिए: अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनमा सहयोग पुर्‍याउने। भिजिट भिसा र अध्यागमन प्रणालीमा आवश्यक नीतिगत र कानुनी सुधारका पहल सुरु गर्ने । गृहमन्त्रीको जवाफपछि राप्रपा आफ्नो सिटमा फर्किसकेको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend