काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भारी वर्षाका कारण सवारी साधन सञ्चालनमा रोक लगाइसकेको अवस्थामा पनि भनसुनका आधारमा गाडी चलाएको पाइएमा सम्बन्धित जिल्ला प्रशासन प्रमुख, प्रहरी प्रमुख र ट्राफिक प्रहरीविरुद्ध कारबाही हुने चेतावनी दिनुभएको छ ।
बुधबार गृह मन्त्रालयमा आयोजित “सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी बैठक”मा बोल्दै गृहमन्त्री लेखकले मनसुनको समयमा सडक दुर्घटना न्यूनीकरण गर्न बनेका आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
उहाँले नागरिकमा स्पष्ट सूचना प्रवाह गर्न र निर्णयहरु जनस्तरसम्म पुर्याउन सूचना व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।