Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मोर्चाको केन्द्रीय बैठक शंखमुलमा सम्पन्न, उपनिर्वाचन र संघीय संरचनाबारे छलफल


२४, असार २०८२
  • 463
    SHARES
  • मोर्चाको केन्द्रीय बैठक शंखमुलमा सम्पन्न, उपनिर्वाचन र संघीय संरचनाबारे छलफल

    काठमाडौं l संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठक आज शंखमुलस्थित होटल ए–वन प्यालेसमा सम्पन्न भएको छ। बैठकमा मोर्चाका अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरिएको छ ।

    बैठकमा रुपन्देही संघीय संसदीय क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका सन्दर्भमा मोर्चाको साझा उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल गरिएको थियो। साथै, संघीयताको मर्मअनुरूप प्रादेशिक राजनीतिक दलको आवश्यकता र त्यसका लागि आवश्यक कानुनी व्यवस्था विषयमा पनि विस्तृत विमर्श भएको मोर्चाले जनाएको छ ।

    निजामती सेवा ऐनमा देखिएका त्रुटिहरू, संवैधानिक नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे पनि बैठकमा चर्चा गरिएको छ। साथै, मोर्चाको प्रतिबद्धता पत्र तथा लेटरप्याड छपाई, आगामी कार्यक्रमको तयारी र विविध विषयमा निर्णय गर्न बैठक केन्द्रित रहेको थियो ।

    तराई (मधेश लोकतान्त्रिक पार्टी)का अध्यक्षसमेत रहेका वृषेश चन्द्र लालले बैठकलाई सम्बोधन गर्दै संघीय लोकतन्त्रलाई मजबुत बनाउन मोर्चाको भूमिका थप सशक्त र सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो। बैठकमा मोर्चाका वरिष्ठ नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend