Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गृहमन्त्री लेखक : रसुवाको विपद् अकल्पनीय, सरकार राहत तथा उद्धारमा पूर्ण सक्रिय


२५, असार २०८२
  • 140
    SHARES
  • गृहमन्त्री लेखक : रसुवाको विपद् अकल्पनीय, सरकार राहत तथा उद्धारमा पूर्ण सक्रिय

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको जानकारी दिनुभएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिनुभयो। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ६८२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    गृहमन्त्रीका अनुसार त्रिशुली नदी किनारमा विभिन्न स्थानमा शवहरू फेला परेका छन् भने भरतपुर २९ मा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भेटिएको छ। हालसम्म हवाई उद्धारमार्फत ३० जनाको उद्धार गरिएको छ भने भन्सार यार्डमा फसेका ९ जना र ड्याम साइडमा फसेका १८ जनाको सफल उद्धार भएको छ ।

    बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको र धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध भएको बताउँदै गृहमन्त्री लेखकले २३ कन्टेनर ट्रक, ३५ विद्युत गाडी र ६ सिनो ट्रक बगाएको जानकारी दिनुभयो। रसुवागढी हाइड्रोपावरको ड्याम तथा त्रिशुली–३ परियोजना समेत बाढीले बगाएको छ ।

    मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पीडित क्षेत्रको स्थलगत अवलोकन गरी राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विपद् परिषद्को बैठकबाट निर्णयहरू गरिएका जानकारी दिनुभयो। बेपत्ता तथा घाइतेको खोज, राहत र निःशुल्क उपचारका लागि गृह तथा स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

    उहाँले चीन सरकारसँग समन्वय गरी मितेरी पुलको पुनर्निर्माण गर्न आग्रह गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। साथै, विपद् सूचना प्रणालीलाई प्रभावकारी बनाउन, विस्तृत क्षति मूल्याङ्कन प्रारम्भ गर्ने र वैकल्पिक सडक सञ्चालनको गृहकार्य अघि बढाइएको बताउनुभयो।

    अन्त्यमा, गृहमन्त्री लेखकले सबै नागरिक, राजनीतिक दल र सरोकारवालाहरुलाई आपत्कालीन अवस्थामा सरकारको अभियानमा हातेमालो गर्न अपील गर्नुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend