Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गर्ने १६ नेतामाथि कारबाही, कार्यकर्तामा असन्तुष्टि


२६, असार २०८२
  • 186
    SHARES
  • नेपाली कांग्रेसले अनुशासन उल्लंघन गर्ने १६ नेतामाथि कारबाही, कार्यकर्तामा असन्तुष्टि

     काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघनको आरोपमा १६ नेतामाथि निलम्बन र निष्कासनको निर्णय गरेको छ। २०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो ।

    अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिअनुसार कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, तेह्रथुमका तुलसी सुब्बालगायत पाँच जनालाई एक वर्षका लागि निष्कासन गरिएको छ। धनुषाका आनन्द यादवलाई ६ महिनाको निष्कासन गरिएको छ ।

    यस्तै, कास्की, कैलाली, र धनुषाका विभिन्न तहका नेताहरूमाथि ३ महिनादेखि ६ महिनासम्मको निलम्बन गरिएको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ कि “स्पष्टिकरण चित्तबुझ्दो नदेखिएको र प्रमाणको आधारमा विधान २०१७ को धारा ३४ को उपधारा १ (क)(ख)(घ) अनुसार कारबाही गरिएको हो।” तर, यस निर्णयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

    कार्यकर्ताहरूले यो कदम व्यक्तिगत पूर्वाग्रह, गुटगत स्वार्थ र नेतृत्वको मनोमानीबाट प्रेरित भएको आरोप लगाएका छन्। धेरैको भनाइ छ— "यस्तो निर्णयले पार्टी एकताको सट्टा झनै फुट र असमझदारी निम्त्याउनेछ।" राजनीतिक विश्लेषकहरूले पनि वर्तमान संकटको बेलामा यस्तो कठोर निर्णयले कांग्रेसको संगठनात्मक कमजोर पक्षलाई अझ उजागर गरिदिएको बताएका छन् ।

    पार्टी सुधारभन्दा बढी प्रतिशोधपूर्ण मानसिकता हावी भएको उनीहरूको ठम्याइ छ। अब नेतृत्वले कसरी आन्तरिक असन्तोष व्यवस्थापन गर्छ भन्ने चासो कांग्रेस समर्थक तथा विपक्षी दुवैतर्फ रहेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend