काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको छ । आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राती बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ रहेका छन् । त्यस्तै बढुवा सिफारिस हुनेमा लोकराज पाठक, किरण घिमिरे, टेक प्रसाद सुवेदी,सुष्मा कठेत सहित ६४ जना रहेका छन् ।