रुपन्देही l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि ६ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
जिल्ला कार्यसम्पादन समिति बैठकले बसन्तविक्रम शाही, स्वाती थापा, सागरप्रताप राणा, गौरव बोहोरा, प्रज्वल बोहोरा र दिलिप मल्लिकको नाम सिफारिस गरेको हो ।
यो उपनिर्वाचन राप्रपाका दिवंगत नेता दीपक बोहोरा निधनपछि हुन लागेको हो। सिफारिस सूचीमा उनका दुई छोरा र एक नातिनी पनि परेका छन् ।
राप्रपाले जितेको क्षेत्र सुरक्षित राख्न रणनीति बनाएको बताएको छ । उम्मेदवार चयन प्रक्रिया केन्द्रीय कमिटीमार्फत टुंगो लाग्नेछ ।